arrow

कोरोनाको दोस्रो खोप लगाउन शुरु, दुईथरी सूचनाले अन्योल, यस्तो छ काठमाडौं उपत्यकाको तालिका 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
corona-vaccine-bhaktapur.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीविरुद्धको दोस्रो डोजको खोप मंगलबारदेखि लगाउन शुरु भएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणमा खोप लगाएकाहरुले बैशाख ७ देखि ११ गतेसम्म खोप लगाउँदै छन् । सो अनुसार दोस्रो डोज लगाइँदै छ । 

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पहिलाको सूचना भन्दा अहिले फरक गरी खोप लगाउने तालिका आएको छ । 

यसबारेमा मन्त्रालय पनि अनभिज्ञ छ । मन्त्रालयका खोप विभागका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिले तोकिएको मिति भन्दा काठमाडौं उपत्यकाको हकमा जिल्लाले गरेको हुनाले फरक परेको हो । 

तर अस्पतालहरुमा पहिलेकै सूचना गएकाले पनि अन्योल बढेको छ । अस्पतालहरुले पुरानै अनुसार खोप लगाउने तालिका सम्प्रेषण गरिरहेका छन् भने स्वास्थ्य कार्यालय काठमाडौंले नयाँ तालिका दिएको छ । 

जसले गर्दा खोप लगाउन अन्योल बढेको छ । 

यता तालिकाअनुसार माघ १४, १५, १६, १७ , २६ , २७, २८ र २९ गते पहिलो डोजको खोप लगाएकाहरुले बैशाख ७ गते मंगलबार दोस्रो डोज लगाउन पाउने छन् । 

माघ १८, १९, २०, २१ , २२ र फागुन २ गते खोप लगाएकाहरुलाई बुधबार बैशाख ८ गते खोप लगाउने समय तोकिएको छ । 

माघ २३, फागुन ३, ४ र ५ गते खोप लगाएकाहरुलाई बैशाख ९ गतेको समय तोकिएको छ ।

माघ २४, फागुन ६, ८ र ९ गते खोप लगाएकाहरुलाई बैशाख १० गतेको समय तोकिएको छ । 

माघ ३०, फागुन ७ र १० गते खोप लगाएकाहरूलाई बशाख ११ गते दोस्रो डोजको खोप लगाउने समय तोकिएको छ । 

पहिलेको तालिका अनुसार बैशाख ७ गते माघ १४, १५, १६, १७ र २६ गते पहिलो डोज लगाएकाले मात्र लगाउने पालो रहेको थियो । त्यस्तै ८ गते माघ १८, १९, २०, २१ र २७ गते लगाएकाहरुलाई मात्र पालो रहेको थियो । 



लोकप्रिय समाचार
नयाँ