arrow

एमालेको पार्टी कार्यालय अत्याधुनिक हुने, ओलीले गरे नयाँ भवनको शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
Nekapa buding.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को अत्याधुनिक भवन निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित मदननगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरे ।

अध्यक्ष ओलीले बिहीबार ९ बजे बल्खुस्थित पार्टीको पहिले कार्यालय रहेकै ठाउँमा नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेका हुन ।

नेकपा एमालेको नाममा बल्खुमा करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा छ । सोही जग्गामा अत्याधुनिक भवन निर्माण हुन लागेको हो। २०७२ सालमा गएको भूकम्पले बल्खुस्थित एमाले कार्यालय भवनमा क्षति पुगेको थियो । त्यसपछि एमाले कार्यालय भाडाका भवनमा चल्दै आएको छ ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा ओलीले विहीबार पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गरिएको जनाइएको छ । हाल मदन भण्डारीको सालिक रहेको स्थानमै सालिकलाइ भवनको अगाडि पार्नेगरी कार्यालय बन्नेछ ।

विसं २०५१ मा बनेको एमाले कार्यालय २०७२ सालको भूकम्पले भत्किएको थियो । अब बन्ने कार्यालय भूकम्प प्रतिरोधि हुने यो नेपालका राजनीतिक पार्टीका केन्दीय कार्यालयमध्ये सबैभन्दा अत्याधुनिक हुने जानकारी पनि कार्यक्रममा दिइयो । 

 



लोकप्रिय समाचार
नयाँ