सिटी सफारीलाई ट्रकले ठक्कर दिँदा झापामा गायत्री देवीको गयो ज्यान
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
222
Shares
झापा । झापा भद्रपुर नगरपालिका ९ चन्द्रगढी स्थित सामुदायिक बन कार्यालय सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान कि ७५ बर्षीया गायत्री देवी प्याकुरेल रहेकी छन् ।
बिहिवार बिहान ९ बजे भद्रपुरबाट चारआलि तर्फ जाँदै गरेको मे१क २६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजतलास भइरहेको जिप्रका झापाले जनाएको छ ।