कोरोनाका कारण कांग्रेस नेतृ तथा पूर्वसांसद सिद्दिकीको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ११ शनिबार
92
Shares
नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत नेपाली कांग्रेस बाँकेकी नेतृ मोहम्मदी सिद्दिकीको कोरोनाबाट निधन भएको छ ।
पूर्व संविधानसभा सदस्य समेत रहेकी ६२ वर्षीया सिद्दिकीको शनिबार साँझ निधन भएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिए ।
नेपालगञ्ज-३ निवासी उनी केही दिनदेखि भेन्टिलेटरमा उपचाररत थिइन । उनी बिगत दुई हप्तादेखि अस्पतालमा भर्ना भएकी थिइन।