पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा शिवाकोटी
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
435
Shares
काठमाडौँ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा समाजसेवी तथा व्यवसायी रमेश शिवाकोटी नियुक्त भएका छन्। यसअघि समेत सदस्य भइसकेका शिवाकोटी पुनः परिषद् सदस्यमा नियुक्त भएका हुन्।
कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले सोमबार कोष कार्यालयमा शिवाकोटीलाई स्वागत गरेका थिए।
पशुपतिनाथको नाममा रहेको जग्गा खोजी तथा संरक्षण र आयव्ययमा पारदर्शी बनाउन यसअघि महत्त्वपूर्ण भूमिका निभाएका शिवाकोटीको पुनः नियुक्तिले यस कार्यले पुनः गति लिने थापाले विश्वास व्यक्त गरे ।
नवनियुक्त सदस्य शिवाकोटीले अघिल्लो कार्यकालमा जग्गा छानबिन, प्रकाशन, सुनको जलहरी लगायतका समितिमा बसी काम गरिसकेका छन्।