काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । १५ हजार ६ सय ८१ पीसीआर र एन्टीजीनबाट गरेको परीक्षणबाट यतिको सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमित सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७८ हजार ५ सय ६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृतक सङ्ख्या ३ हजार १ सय ९४ पुगेको छ ।
हाल ३ सय १५ जनाको आइसियु र ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँ उपत्यकामा मात्रै १ हजार ६ सय २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा १२४ र ललितपुरमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।