भारतमा एकैदिन दुई लाख ७० हजार बढी कोरोना संक्रमितलाई भयो निको
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
118
Shares
तस्वीर–भारतको वेष्ट बंगालमा चुनावमा बोलपुर मतदान केन्द्रमा भौतिक दूरी अपनाउँदै मतदानमा सहभागी हुँदै ।
काठमाडौं । भारतमा एकैदिन बुधबार २ लाख ७० हजार २०२ जनालाई कोरोना भाइरसबाट निको भएको छ । पछिल्लो समय निको हुनेहरुको संख्या बढ्दै जाँदा सबैभन्दा बढी बुधबार २ लाख ७० हजार बढीलाई निको भएको हो ।
मंगलबार २ लाख ६२ हजार ३९ जना संक्रमणमुक्त भएका थिए । अहिलेसम्म १ करोड ५० लाख ७८ हजार २७६ जना संक्रमणमुक्त भएका छन् ।
बुधबार ३ लाख ७९ हजार १६४ जना संक्रमित थपिए । जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमित हुनेको संख्या १ करोड ८३ लाख ६८ हजार ९६ पुगेको छ ।
हाल ३० लाख ७७ हजार १२१ जना सक्रिय संक्रमित छन् ।
बुधबार एकैदिन भारतमा सबैभन्दा बढी ३ हजार ६४६ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा २ लाख ४ हजार ८१२ जनाको कोरोनाबाट ज्यान गएको छ ।