arrow

कोरोनाको खोप अभियानमा विश्राम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
corona-vaccine4.jpg

काठमाडौं । कोरोना भाइरस विरुद्धको चिनियाँ भेरोसिल खोप लगाउने अभियान हालका लागि स्थगित भएको छ । बुधबारसम्म निकै चापका साथ खोप लगाउन तँछाडमछाड भए पनि बिहीबार बिहानदेखि निषेधाज्ञा जारी गरिएपछि खोप अभियान रोकिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि खोप अभियान स्थगित गर्ने जनाएको हो । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि उपत्यकामा निषेधाज्ञा गरिएकाले खोप अभियान स्थगित गरिएको कार्यालयले उल्लेख गरेको छ । 

दोस्रो चरणको खोप अभियान अन्तर्गत चैत २५ गतेदेखि चिनियाँ अनुदानको भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ देखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको छ । 

चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप दिएकामा पहिले चीन जान चाहने विद्यार्थी, ब्यापारी लगायतलाई मात्र खोप दिइएको थियो । 

पछिल्लो समय कोरोनाका संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि स्वतस्फूर्त रुपले खोप लगाउँदिन भनेर भन्नेहरुले समेत धमाधम खोप लगाउन थालेका थिए । 



लोकप्रिय समाचार
नयाँ