कोभिड विरुद्ध लड्न अमेरिकाले एक अर्ब बढी नेपाललाई प्रदान गर्ने
रासस,
प्रकाशित २०७८ वैशाख १८ शनिबार
109
Shares
काठमाडौँ। अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायता स्वरूप उक्त रकम प्रदान गर्ने बताएका हुन्।
आज अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारी विरुद्धको लडाइँमा भरथेग गर्न अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताएका छन्।
“कोभिड–१९ विरुद्ध ठुलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ”, उनको ट्विटमा भनिएको छ।