विपक्षी गठबन्धनद्वारा नयाँ सरकार निर्माण गर्न प्रदेश प्रमुख समक्ष माग
नारायण वली
प्रकाशित २०७८ वैशाख १९ आइतबार
125
Shares
रुपन्देही । विपक्षी दलको गठबन्धनले सरकार नयाँ सरकार निर्माणका लागि भन्दै लुम्विनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष माग गरेको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि माग दाबी पेश गरेको हो ।
लुम्बिनी प्रदेशमा यती वेला राजनितिक माहोल गर्मागर्मी अवस्थामा पुगेको छ । जसले गर्दा महामारी रुप लिएको कोरोना भाइरसको नयाँ (भेरियन्ट) भन्दा पनि विक्षिप्त वन्दै गएको छ ।
आईतवार (आज) विहान मुख्यमन्त्री शंकर पोख्रेलले राजीनामा दिएपछि उत्पन्न राजनितिक तरंगले घण्टा नवित्दै नयाँ रुप लिने काम निरन्तर हुँदै आएको छ । हाल काम चलाउ मुख्यमन्त्रीको रुपमा रहेका मुख्यमन्त्री पोख्रेल पूनः मुख्यमन्त्री वन्ने चर्चा चलिरहेकै वेला यता एमालेकी सांसद् विमला कुमारी खत्री (वली) ले माओवादी केन्द्रमा पाईला अगाडि वढाएपछि थप लुम्विनी प्रदेशको राजनीतिक परिघटना रहस्य वन्दै गएको छ ।