झापाको अर्जुनधारा नगरले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख १९ आइतबार
103
Shares
झापा । विश्वलाई आक्रान्त पर्ने कोरोना भाइरसको दोस्रो लहरको संक्रमण दैनिक रूपमा बढ्दै गर्दा सङ्कट निम्तिन सक्ने भन्दै झापा जिल्लाको अर्जुनधारा नगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाहरू अर्को सूचना नभएसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिका क्षेत्रका अत्यावश्यक सेवा क्षेत्रहरू स्वास्थ्य, सरसफाइ, २४ घण्टे इमर्जेन्सी सेवा, २४ घण्टे प्रसूति सेवा, नियमित खोप सेवा, स्वास्थ्य संस्थाहरू बैङ्क तथा वित्तीय संस्था, खाद्यान्न, बाहेक सम्पूर्ण सेवाहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको सूचनामा जनाइको छ ।
झापा जिल्लामा पछिल्लो केही दिन यता कोरोना भाइरसका संक्रमितहरू तीव्र रूपमा बढ्दै गएका छन् । साथै कोरोना भाइरसको संक्रमण लाई रोक्न जिल्ला प्रशासन कार्यालय झापाले आइतवार आइतबार राती १२:०० बजे बाट एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाहरू लाई मध्यनजर गर्दै आवश्यक सेवाहरू सूचना गरिने सूचनामा उल्लेख गरिएको छ ।