राष्ट्रपतिद्वारा वैशाख २७ गतेका लागि संसदको विशेष अधिवेशन आह्वान
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
253
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि वैशाख २७ गते सोमबार अपरान्ह १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा जनाइएको छ।
प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेको उल्लेख गरेकी छन्।
आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने विषयमा यकीन गर्न प्रधानमन्त्रीले जुनसुकै बेला विश्वासको मत लिन सक्ने प्रावधान छ । आइतार मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएको बुझिएको छ।