एउटै कोठामा सुतेका तीन मध्ये एकको मृत्यु, दुई चिन्ताजनक
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
217
Shares
भक्तपुर । सूर्यविनायकमा एउटै कोठामा अचेत रहेका तीनमध्ये एकको मृत्यु भएको र दुईको अवस्था गम्भीर छ ।
काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ गुडुवाल घर भई हाल सूर्यविनायक–१० मिलनचोक डेरा गरी बस्ने २२ वर्षीया सुनिता तामाङको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
एउटै कोठामा अचेतावस्थामा भेटिएकामध्ये मृतककी आमा ४० वर्षीया शान्तिमाया ब्लोन र बहिनी १८ वर्षीया अनिताको भने मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा अनिता सुत्केरी भएको र कोठाका झ्याल, ढोका सबै लगाएर उनलाई सेकताप गर्न मकलमा बालिएको कोइलाका धुवाँका कारण राति अक्सिजन अभावमा अचेत भएको हुन सक्छिन् ।