११ वटा संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस(नामावली)
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
510
Shares
काठमाडौं । आइतबार विहान वालुवाटरमा बसेको संवैधानिक परिषदको बैठकले रिक्त संवैधानिक निकायहरुमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिनाले हाम्राकुरालाई दिएको जानकारी अनुसार परिषद्को बैठकले ११ वटा संवैधानिक आयोगहरुमा रिक्त रहेका २० पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित बैठकले रिक्त निकायहरुमा नियुक्तिका लागि सिफारिस गरेको हो।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । सिफारिस भएका नामहरु संसदीय सुनुवाइका लागि संसद्को सुनुवाइ समितिमा पठाइने र स्वीकृत भएपछि राष्ट्रपतिलेले नियुक्ती गर्नेछिन् । राष्ट्रिय सभा अध्यक्षको सचिवालयबाट प्राप्त नामहरु:
लोकसेवा आयोग
अध्यक्ष–माधवप्रसाद रेग्मी(झापा)
सदस्य– माधव बेलबासे (कपिलवस्तु)
सदस्य– वीरबहादुर राई (इलाम)
सदस्य– दिनेश सिलवाल (ललितपुर)
सदस्य– मन्जु कुमार (महोत्तरी)