arrow

कैलालीमा एकैदिन नौ संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
dead2.jpg

धनगढी । कैलालीमा थप नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा छ, टीकापुर अस्पतालमा दुई र होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु भएको हो । 

सेती अस्पतालमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का ६२ र ८७ वर्षीया महिला, र वडा नं १८ का ४२ वर्षीय पुरुषको मृत्युभएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । 

यसैगरी बर्दगोरिया गाउँपालिका-४ का ५२ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका-१० का ३७ वर्षीय पुरुष र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ का ३३ वर्षीय पुरुषको पनि मृत्यु भएको उहाले जानकारी दिए । 

टीकापुर अस्पतालमा दुई सङक्रमितको मृत्युभएका मध्ये टीकापुर नगरपालिका-७ का ६३ वर्षीया महिला र वडा नं १ का ५१ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ