arrow

कोरोना महामारीबाट बच्न ऐडि टोलमा कालिका देवीलाई बलि चढाइयो

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७८ जेठ १ शनिबार
kali-devi.jpg

लम्की। कोरोना महामारीबाट बच्नको लागि कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर-६ ऐडि टोलमा कालिका देवीको पूजा अर्चना गरिएको छ। विपद् र महामारीको बेलाको सहारा कालिका देवीको मात्र भएको जनविश्वासका साथ घरपरिवार र समाजमा कोरोनाका कारण अकाल मै कसैले ज्यान गुमाउन नपरोस्, कोरोनाका कारण हैरानी खेप्नु नपरोस् भनी कालिका देवीलाई बोका बलि दिएर पूजा अर्चना गरेको ऐडि टोलका भरत ऐडिले हाम्रा कुरा डटकमलाई जानकारी दिए।

ऐडि परिवारका करिब १५ घर परिवारले सामूहिक पूजा तथा भाकल गरी बोका बलि दिएको ऐडि टोलका संयोजक हर्कबहादुर ऐडिले बताए। ग्रह शान्ति, घर र ऐडि परिवारमा कोरोनाको महामारीले छुन नपाओस् भनी देवीको पुजाआरधना गरिएको उनले बताए।

विभिन्न महामारी, विपतको समय तथा दुःख कष्टको बेला कालिका देवीलाई पुकारे मनोकाङ्क्षा पुरा गर्नुका साथै अनिष्ठ हुनबाट रक्षा गरेको आफूहरूलाई जन विश्वास रहेकाले कालिका देवीलाई बोका भाकल गरी बलि दिएको भरत ऐडिले बताएका छन्।



लोकप्रिय समाचार
नयाँ