arrow

ब्ल्याक फङ्गसको संक्रमणबाट कैलालीमा एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
fungus.jpg

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोरमाइकोसिस (ब्ल्याक फङ्गस) अथवा कालो ढुसी संक्रमितको मृत्यु भएको छ ।

यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी)का कारण मृत्यु भएको हो ।

उनको बिहिवार बिहान ७बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।  लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।  



लोकप्रिय समाचार
नयाँ