निषेधाज्ञामा इन्भर्टर र ब्याट्रीको समस्या समाधान गर्न लुमिनसको टेलि टेक्निसियन सेवा
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
490
Shares
काठमाडौं। लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रा लीले आफ्नो ग्राहकहरुलाई गुणस्तरीय सामान र सेवा प्रदान गर्दै आएको छ।
यसबाहेक लुमिनस ब्राण्डको इन्भर्टर र ब्याट्री खरिद गरे पछि कम्पनीले वारेन्टी अवधिभर नेपालका विभिन्न जिल्लाहरूमा निःशुल्क होम सर्भिस सेवा समेत दिँदै आएको छ।
सधै आफ्नो ग्राहकहरुका लागि उत्कृष्ट सेवा सुविधा प्रदान गर्न तत्पर रहेको कम्पनीले अहिले नेपाल सरकाद्वारा जारी निषेधाज्ञालाई ध्यानमा राखेर ग्राहकहरुको सेवाका लागि टेलि टेक्निसियन सेवा ल्याएको छ।
अमट्रेड प्रा लिका सह–महाप्रबन्धक योगराज ढुङ्गानाका अनुसार यो सेवा लिनका लागि नेपालभरका लुमिनसका ग्राहकहरुले निषेधाज्ञाको समयमा आफ्नो इन्भर्टर र ब्याट्रीमा कुनै पनि समस्या आएमा फोन कल वा ह्वाट्सएप मार्फत आफ्नो समस्याको भिडियो रेकर्ड गरि ९८०२००२५६६ मा पठाइ सुझाव तथा परामर्श लिन सकिनेछ। विस्तृत जानकारीका लागि लुमिनस नेपालको फेसबुक पेजमा गएर बुझ्न सकिने छ।