काठमाडौँ। सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै पाँचौँ ब्याच ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न भएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको कम्पनीले जनाएको छ।
यस ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरि, काठमाडौँमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरूलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कसपहरूमा रोजगारीको अवसरहरूमा प्राथमिकता दिइने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
उक्त कार्यक्रम अन्तर्गत १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोबाईल विषयमा टिएसएलसी उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरी राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोबाईल विषयमा पहिलो तहमा उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनीले आग्रह गरेको छ।
दरखास्त बुझाउन अन्तिम मिति २०७७ चैत्र १८ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरू रहेको सिप्रदीले जनाएको छ।
यो निःशुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरू नेपालगन्ज, महेन्द्रनगर, दाङ, सुर्खेत, इटहरी, बिर्तामोड, हेटौडा, वीरगन्ज, त्रिशूलीका प्रशिक्षार्थीहरूलाई विशेष ग्राहयता दिइने कम्पनीले जनाएको छ।