अमट्रेड प्रालिको बजार योजना सार्वजनिक, पोखराको भट्टराई एन्ड ब्रोदर्स बन्यो उत्कृष्ट डिलर
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
425
Shares
काठमाडौँ। अमट्रेड प्रालिले भट्टराई एन्ड ब्रोदर्स पोखरालाई फेब्रुअरी महिनाको ‘डिलर अफ द मन्थ’ सम्मान प्रदान गरेको छ। आफ्नो वार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिना उच्च कारोबार गर्ने डिलरलाई उक्त सम्मान प्रदान गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।
फेब्रुअरी महिनामा उक्त स्थान हासिल गर्न सफल भट्टराई एन्ड ब्रोदर्स प्रालि पोखराका सञ्चालक अम्बिका मोहन भट्टराईलाई अमट्रेड प्रालिका सह–महाप्रबन्धक योगराज ढुङ्गानाले पोखरामा एक कार्यक्रमबिच सधन्यवाद सम्मान पत्रको साथमा पुरस्कार प्रदान गरेका छन्।
सह–महाप्रबन्धक ढुङ्गानाका अनुसार सन २०२१ भर हरेक महिना निर्धारित मापदण्डमा रहेर उच्च कारोबार गर्ने एक डिलरलाई डिलर अफ द मन्थको सम्मान पत्र तथा पुरस्कार प्रदान गरिनेछ।
यसैबीच लुमिनस पावर ब्याक अप सोलुसनको निमित्त नेपालको लागि आधिकारिक वितरक अमट्रेड प्रालिले सन २०२१ मा सञ्चालन गर्ने आफ्ना बजारीकरण गतिविधिहरूको योजना सार्वजनिक गरेको छ। तीन तहमा निर्धारण गरिएको उक्त योजनाले डिलर, सब–डिलर र उपभोक्तालाई समेटेको छ। स्थानीय तह र बजारमा रहेका अमट्रेड प्रालिका डिलरहरू मार्फत उक्त योजनाका विभिन्न गतिविधिहरू सञ्चालन हुनेछन्।
डिलरले प्रस्तुत गरेको अवधारणा पत्र बमोजिम स्थानीय स्तरमा आयोजना हुने बजारीकरण गतिविधिहरू सञ्चालन हुनेछन् भने सब–डिलर र उपभोक्ताको हकमा आयोजना हुने गतिविधि कम्पनी आफैले सञ्चालन गर्नेछ।
लुमिनसका डिलरलाई कुनै पनि प्रकारको अतिरिक्त कार्यभार तथा व्ययभार बेहोर्न नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको कम्पनीले जनाएको छ।