चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणमा केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको बताएका छन् । चितवनको एक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाए । उनले भने, “अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।” सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उनको आरोप थियो ।
उनले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताए । एक कार्यक्रमको ट उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताइन् ।