arrow

नयाँ सरकार गठनबारे छलफल भयो, निर्णय भएनः प्रवक्ता श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
maoist-cpn.jpg

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् नयाँ सरकार गठनका सम्बन्धमा छलफल गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहिवार भएको स्थायी कमिटी बैठकमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिवार राति ९ बजेसम्म दिएको समयसीमा, अन्य दलसँग भएको छलफल तथा आवश्यक तयारीका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराएका थिए ।  

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनबारे छलफल भए पनि कुनै निर्णय भने नभएको जानकारी दिए । उनले भने,  “ ‘हामी अहिले पनि माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको निर्णय पर्खिरहेका छौं, अहिलेसम्म उहाँहरुले निर्णय दिनुभएको छैन । उहाँहरुको निर्णय आएपछि मात्र बहुमतको सरकार दावी गर्न जाने, नजाने निर्णय हुन्छ ।” 



लोकप्रिय समाचार
नयाँ