मोरङ । मोरङमा जारी निषेधाज्ञा आगामी जेठ ११ गतेसम्मका लागि थप कडाइका साथ थपिएको छ ।
जिल्ला प्रशासन मोरङमा बसिरहेको सुरक्षा बैठकले कोरोना महामारीका कारण सङ्क्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको भन्दै अझ कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १ गते राती १२ बजेसम्मका लागि दोस्रो पटक जिल्ला भरी लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको थियो ।
मोरङका केही स्थानीय तह केन्द्रित गरेर पहिलो पटक वैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा आदेश जारी भएको थियो ।