arrow

तीनतले घरको छतबाट खसेर मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १ शनिबार
death-1618215084.jpg

सर्लाही । सर्लाहीको बरहथवामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका वडा नं. ५ बस्ने पूर्णबहादुर थापा मगरकी श्रीमती ५१ वर्षीय गीता थापा मगरको आफ्नै तीन तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

शनिबार बिहान ७ बजेतिर लुगा सुकाउने क्रममा अचानक छतबाट खसेर गम्भीर घाईते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो साँढे २ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मगरका श्रीमान पूर्णबहादुरले सोही घरमा मुनलाईट आवासीय विद्यालय सञ्चालन गर्दै आएका छन् ।



लोकप्रिय समाचार
नयाँ