सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, मा मंगलबार एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
तराई मुलको जस्तो देखिने अन्दाजी ५५/६० वर्षका पुरुषको शव फेला परेको हो ।
चन्द्रनगरस्थित अन्यत्र सरिसकेको पुरानो प्रहरी चौकीको पोष्टभित्र नाम, ठेगाना खुल्न नसकेको पुरुष मृत भेटिएका ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।
स्थानीयका अनुसार ती पुरुष १५/२० दिनदेखि नाढीमन ताल आसपासको गाउँमा मागेरखाँदै हिंड्ने गरेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइ पहिचान खुलाउने प्रयास गरिरहेको केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।