कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डयेमाथि गोली प्रहार भएको छ ।
बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ । राति कपिलवस्तु नगरपालिकामा पाण्डेयसँगै रहेका भारतीय नागरिक इयाज अख्तरमाथि गोली प्रहार भएको छ ।
राति ११ बजेतिर भएको गोली प्रहारबाट पाण्डेको पेटमा दुई राउन्ड र अख्तरको पाखुरामा एक राउन्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । मोटरसाइकलमा सवार तीनजना मध्ये एक जना सकुशल गरेको बताइएको छ ।
प्रहरीका अनुसार पाण्डेय तौलिहवातर्फ फर्किने क्रममा तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा अज्ञात समूहले गोली प्रहार गरेका थिए । गोली प्रहार भएको खवर पाएपछि प्रहरीले उद्धार गरी युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचारका लागि पुराइएको थियो ।
राति शल्यकृया गरी पाण्डेयको एउटा गोली निकालिएको छ अर्को गोली निकाल्न बाँकी छ । गोली किन र कसले हान्यो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले थप अनुसन्धान जारी राखेको छ । पाण्डे तौलिहवाका बासिन्दा हुन । यता माओवादी केन्द्रका जिल्ला सचिव रामचन्द्र शाहले घटना घटाउनेलाई तत्काल प्रकाउ गरि कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।