arrow

ईश्वरपुर नगरपालिकालाई सेभ द चिल्ड्रेनले दियो स्वास्थ्य सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
sarlahi-.JPG

सर्लाही । सेभ द चिल्ड्रेनले ईश्वरपुर नगरपालिकालाई स्वास्थ्य सामग्री दिइएको छ। बिहीबार एक कार्यक्रमकाबीच ग्रामीण नारी उत्थान सङ्घ, हरिपुर र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित समुन्नति परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

 संस्थाले कोरोना भाइरसको सङ्क्रमण र सङ्क्रमितको मृत्युदर न्यूनीकरणका “आफू बाँचौँ र अरूलाई पनि बचाऔँ”, “कोरोना विरुद्ध सामुदायिक अभियान” अन्तर्गत पिपिई १३०थान , ५०० ग्रामको सेनिटाईजर तिस बोतल, ४०० पिस ग्लोव्स, एक थान इन्फ्रारेड थर्मामिटर गरी जम्मा ४ लाख ३९ हजार ९६६ रुपैयाँ बराबरको सामग्री ईश्वरपुरका स्वास्थ्य संयोजक सुगेन्द्र महतोलाई हस्तान्तरण गरेको छ । 

यस्तै,भोलिबाट ईश्वरपुर र हरिपुर नगरपालिकामा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र ग्रामीण नारी उत्थान सङ्घको आयोजनामा कोरोना भाइरसको सङ्क्रमण तथा मृत्युदर न्यूनीकरण गर्नको लागी जनचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको संस्थाले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ