arrow

राणा कालमा शुरु भएको सडक निर्माण अझै अधुरै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
roadd.jpg

सर्लाही । तराई मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग निर्माण कार्य कछुवाको गतिमा अघि बढ्दा स्थानिय निराश भएका छन् ।

राणा कालीन समयमा शुरु भएको भएपनी हालसम्म सहज रुपमा हिडडुल गर्न सकिने अवस्थामा समेत पुगेको छैन् । पूर्व झापादेखि पश्चिम कन्चनपुरसम्म निमाण गर्नुपर्ने हुलाकी सडक पूर्व-पश्चिम राजमार्ग भन्दा पहिलेको आयोजना भएपनि सम्पन भने हुन सकेको छैन् ।

सामान्य वर्षामा हिल्लामे र सुख्खामा धुल्लामे सडकले गर्दा  सर्लाहीवासी हैरान भएका छन् । सर्लाहीको शीतलपुर-मलंगवा र मलंगवा-छतौना  ४०.४ किलोमिटर हुलाकी सडक निर्माण नहुँदा धुलाम्मे सडक, सामान्य वर्षामा समेत हिल्लामे बाटोमा यात्रा गर्नुपर्ने बाध्यता यस क्षेत्रका बासिन्दाको रहेको छ ।

धुलोकै कारण सडक छेउछाउका बस्तीका स्थानिय बिरामी पर्दै आएका छन् । सडकको धुलो घरमा आइपुग्दा बस्न नै गाह्रो भएको स्थानीय रमेश झाले बताए । सडकले सुविधा होला भन्दा सास्तीचाहिं बढाएको उनको भनाइ छ ।

सरकारले पहिले तराई मधेसलाई हेर्ने चस्मा बदल्नुपर्ने नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी बताउँछन् । यस आयोजना निर्माण गर्न सरकारले आवश्यक बजेट छुट्याएर सडक निमार्णमा कार्य सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । पहिले सरकारले सडक निर्माण गर्ने वा नगर्ने त्यो छुट्याउनु पर्ने र त्यसैको आधारमा काम गर्नुपर्ने महासचिव चौधरी बताउँछन् ।

यस क्षेत्रको विकासमा यस सडक निर्माणसंगै सिंगो तराई मधेसको विकासले फड्को मार्ने नागरिक समाज सर्लाहीका अगुवा रजनीकान्त झा बताउँछन् । यस सडक निमाणसंगै बजारको अभावमा सिमावर्ती क्षेत्रमा बसोवास गर्ने नेपालीले सामान किनमेल गर्न भारत जानुपर्ने बाध्यता समेत अन्त्य हुने झाको भनाई छ ।

सडक सुबिधा राम्रो भयो भने यसले सबै किसिमको दुरी कम गर्ने देख्छन नागरिक समाज सर्लाहीका अगुवा रज्नीकान्त झा । यदि यस सडक निमाण भयो भने जुन हिसावले बिभिन्न ठाँउमा सीमा मिचिएको कुरा आइरहेको छ त्यस्ता कुरा सुन्न पक्कै कम हुने उनको आकलन छ ।

हुलाकी सडक सीमा क्षेत्र नजिकैबाट जाने भएकाले सीमा मिचिने समस्या समेत कम हुने झा बताउँछन् । आर्थिक वर्ष २०७२/७३ मा सर्लाहीको शीतलपुरदेखि छतौनासम्म तीन खण्डमा हुलाकी सडक निर्माणको ठेक्का लागेको थियो ।

ठेक्का सम्झौता अनुसार २ वर्षमा नै सडक बन्नुपर्ने हो । तर बजेट अभावका कारण समयमै निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर रमेश कुमार गोइतले बताए । सडकको पहिलो खण्ड १५ किलोमिटरको निर्माण जिम्मा इन्दुम-नमिता जेभीले पाएको छ ।

दोस्रो खण्ड १५ किलोमिटर इन्दुम-साह जेभी र तेस्रो खण्ड १०.४ किलोमिटर दिवा निर्माण सेवाले जिम्मा लिएका छन । यी सबैले कुल ६४ करोड रुपैयाँमा ठेक्का लिएको हो  हालसम्म माटो पुर्ने, ग्राभेल र कल्भर्ट पुलको काम मात्र भएको छ । ठेक्का लागेको २ वर्षमा निर्माण पूरा हुनुपर्ने सडक अझै बन्न सकेको छैन ।

संघीय सरकारले ठेक्का लगाएको सर्लाहीको हुलाकी सडक प्रदेश मातहतमा आएको छ । प्रदेश सरकारले सडक निर्माणका लागि बजेट नै उपलब्ध गराउन नसकेकाले गर्दा  अपूरो हुलाकी सडक निर्माणको जिम्मा फेरि संघीय सरकारलाई फिर्ता पठाउने तयारीमा प्रदेश शरकार रहेको छ ।

संघीय सरकारलाई आयोजना पठाउने फाइल तयार भैरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेस प्रसाद केसरी बताउँछन् । अव फेरी संघीय सरकार मातहत आयोजना गयो भने बजेटको अभाव नहुने र सहज रुपमा बजेट प्राप्त हुदाँ सडक बन्ने प्रमुख केसरीको विश्वास छ । हुलाकी सडकमा ७ मिटर चौडाइ  कालोपत्र गर्न प्रारम्भिक कामका लागि ठेकेदारलाई ३२ करोड रुपैयाँ भुक्तानी दिइएको छ । कालोपत्रका लागि थप करिब ३२ करोड बजेट चाहिने सडक डिभिजनले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ