काठमाडौं । ओलम्पिक खेलकुदका पदकधारी भारतीय खेलाडी सुशील कुमार गिरफ्तार परेका छन् । सन् २०१२ को लण्डन ओलम्पिकका रजत पदकधारी तथा सन् २००८ को बेइजिङ ओलम्पिकका कास्यपदकधारी सुशील र उनका साथी अजय दिल्लीबाट पक्राउ परेका हुन् ।
उनीहरु छत्रसाल स्टेडियममा जुनियर स्वर्णपदकधारी पहलवान सागर राणाको हत्या मामलामा फरार सुशील र उनका साथीलाई दिल्ली पुलिसको स्पेशन सेलले पक्राउ परेको हो ।
यी दुवै गत मे ४ तारिख राति भएको घटनापछि फरार रहेका थिए । सुशीलमाथि पुलिसले एक लाख र अजयमाथि ५० हजार भारु पुरस्कारको घोषणा गरेको थियो ।
गत मंगलबार रोहिणी कोर्टले सुशीलको जमानत खारेज गरेको थियो । अब स्पेशल सेलले दुवै जनालाई रोहणी अदालतमा पेश गर्नेछ ।
त्यसपछि सुशील र अजयलाई नर्थ–वेष्ट जिल्ला पुलिसलाई सुम्पिने छ ।