arrow

उज्ज्वल ठकुरीले राखे नयाँ विश्व कीर्तिमान, तोडे रशिदको रेकर्ड 

logo
विजय थापा,
प्रकाशित २०७७ चैत १० मंगलबार
ujjal-thakuri-karate.jpg

डिसी । अमेरिका डिसी महानगर क्षेत्रमा करिब दुई दशकदेखि बस्दै आएका ९ पटक विश्व कीर्तिमान राखेका कराँते खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रशिदले राखेको कीर्तिमानलाई तोडेका छन् ।

पाकिस्तानका रशिद ३० पटक विभिन्न विधामा विश्व कीर्तिमान गर्ने उत्कृष्ट खेलाडी हुन् । ठकुरीले हालसालै भारतको ओलम्पिक खेल्ने तेक्वान्दो खेलाडीको विश्व कीर्तिमान भंग गरेको केही समयमै पुनः पाकिस्तानका शीर्ष खेलाडीको कीर्तिमानलाई भंग गर्दै गिनिज विश्व कीर्तिमानमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

रशिद पाकिस्तान एकडेमी अफ मार्शल आर्टका प्रमुख हुन् भने उनले राखेको दुवै विश्व कीर्तिमान ठकुरीले हात पारेका छन् ।

मोहम्मद रसिद पाकिस्तानका शीर्ष स्थानका खेलाडी हुन् जसलाई पाकिस्तानले पाकिस्तानको ब्रुस्ली तथा खुदा मान्छन् । यिनको कीर्तिमान भारतले भंग गर्न धेरै पटक कोशिश गरे तर आजसम्म गर्न सकेको छैन । नेपाली मूलका कराँते खेलाडी उज्ज्वल ठकुरीले यिनको दुइ उपाधि हात पारेका छन् ।  

भर्खरै भंग गरेर हात पारेको उपाधि ५ केजी वजन खुट्टाले बोकेर ४ फिटमाथि किक प्याडमा समाउन लगाएर १ मिनेटमा ८३ चोटी घुँडा प्रहार समाप्त गरि नयाँ विश्व कीर्तिमान हात पारेका छन् ।

सो उपाधि पहिला भारतको तेक्वान्दो खेलाडी बडे साईले १ मिनेटमा ५५ चोटी प्रहार गरि २०१७ उपाधि हासिल गरेका थिए भने ठकुरीले त्यो कीर्तिमान फेब्रुअरी २९ ,२०२० मा ७१ चोटी प्रहार गरि उनको किर्तिमान प्राप्त गरेका थिए ।

तर पुनः पाकिस्तानको खेलाडीले १ मार्च २०२० मा ७८ चोटी प्रहार गरी ठकुरीको उपाधि खोसेका थिए।  विश्व कीर्तिमानी ठकुरी चुप लागेर बसेनन् । ठकुरीले फेरि यो कीर्तिमान १ मिनेटमा ८३ चोटी घुडा प्रहार गरेर आफ्नो उपाधि पुनः फिर्ता गरे ।

अर्थात् प्रति सेकेन्ड भन्दा छिटो ५ केजी वजन खुट्टाले बोकेर घुडा प्रहार गरेका थिए । त्यस्तै दोस्रो ५ केजी वजन खुट्टाले बोकेर ४ फिटमाथि किकप्याडमा समाउन लगाएर ३ मिनेट भित्र १५७ घुडा प्रहार समाप्त गरी नयाँ विश्व कीर्तिमान हात पारेका छन् ।

सोही कीर्तिमान भारतको बडे साइले ३ मिनेटमा ५ केजी बोकेर ८७ चोटी प्रहार गरेका थिए भने मोहम्मद रशिदले ३ मिनेटमा १५२ चोटी प्रहार गरेका थिए । 

भारत र पाकिस्तानको एकै चोटी दुवै कीर्तिमान (रेकर्ड) तोड्न सफल कराँते खेलाडी उज्जवल ठकुरी काठमाडौँमा जन्मेका नेपाली खेलाडी हुन् ।  



लोकप्रिय समाचार
नयाँ