काठमाडौं । फ्रिडम फोरमले अलोकतान्त्रिक कदम चाल्ने बर्तमान सरकारले नागरिकको अभिव्यक्तिको स्वतन्त्रता र सूचनाको हकमा अंकुश लगाउने खतरा बढेको औंल्याएको छ ।
फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले आइतवार एक विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक कदम चाल्ने सरकारले नागरिकको अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र प्रेसमाथि पनि अंकुश बढाउने खतरातर्फ बेलैमा सचेत र जागरुक रहन आग्रह गरेका छन् ।
कोरोना महामारीले नागरिकको जीवन अस्तव्यस्त र नियन्त्रित भएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई निर्वाचनमा धकेल्ने विवेकहीन कदम चालेको फोरमको टिप्पणी छ ।