कर्तव्य पथको यात्रा सुरु, हेल्प डेस्क स्थापना सँगै अभियानमा जोडिन सबैमा अपिल
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
132
Shares
डोटी । ''सबै नागरिकलाई बराबरी इज्जत र सम्मान, सबै हितकारी मनहरू जुटौँ, सुरु भयो कर्तव्य पथको अभियान' भन्ने नारा सहित दिपायलमा कोभिड सहायता केन्द्रको स्थापना गरिएको छ । दोस्रो चरणको कोरोना कहर ,निषेधाज्ञाका कारण समस्यामा परेका यात्रु, बिरामी एवं सर्वसाधारणलाई आवश्यक सेवा दिने उद्देश्यले सहायता केन्द्रको स्थापना गरिएको हो ।
कर्तव्य पथ समाजले आयोजना गरिएको उक्त अभियानको एक कार्यक्रमका बिच साइन नेपालका अध्यक्ष एवं समाज सेवी भक्तराज जोशीले उद्घाटन गरेका हुन् ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति विजय खड्काले 'कर्तव्य पथको यात्रा' नाम दिँदै हेल्प डेस्क स्थापना गरेर अभियानको थालनी गरेका हुन् । खड्काले भने ,'खुला हृदयका साथ सामाजिक सेवामा आफूलाई समर्पणपन गर्न चाहने व्यक्तिहरू एक ठाउँमा उभिएर महामारीमा सेवा दिनका लागि अभियानको सुरु गरिएको हो।'
उनले थपे ,'अभियानका क्रममा हेल्प डेस्कबाट जनचेतना जोगाउने, मास्क सेनेटाइजर वितरण गर्ने, अलपत्र परेका व्यक्तिहरुको उद्धार गर्ने, बिरामीहरूलाई अस्पताल सम्म पुर्याउन मदत गर्ने, कोरोना सङ्क्रमितको मनोबल बढाउने, बिरामीको उपचारका लागि सम्बन्धित निकायलाई खबरदारी र स्वास्थ्य गतिविधिको अनुगमन गरिने छ।'
कर्तव्य पथ समाजले महामारी नियन्त्रण र समस्याका परेका नागरिकहरूलाई सेवा दिने गरी स्वच्छ सेवा भाव राखेर अभियानको सुरुवात गरिएकोले अभियानमा जोडिन सबैमा अपिल गरेको छ । ‘देशको नागरिक भइसके पछि केही अधिकारसँगै काँधमा कर्तव्य पनि हुन्छ, अभियानका संयोजक विजय खड्काले भने,‘महामारीमा समस्यामा परेका नागरिकलाई सहयोग गर्न सकियो, उपचारका लागि पहल गर्न सकियो भने एउटा कर्तव्य पुरा हुने छ । यस्तो कर्तव्य सबै स्वच्छ नागरिकको काँधमा आएकोले कर्तव्य पथको यात्रामा जोडिएर आफ्नो कर्तव्य पुरा गर्न हार्दिक अपिल गर्दछु ।’
अभियानबाट स्वास्थ्य सुरक्षाका सामग्री, औषधि, खाद्यान्न, यातायात, परामर्श लगायतका अत्यावश्यक सेवा प्रदान गरिने अभियन्ता शैलेन्द्र खड्काले बताए । अभियानका क्रममा सङ्कलित राहत तथा सामग्री पारदर्शी रूपमा प्रयोग गरिने उनले बताए । अभियानमा जोडिन चाहने समाज सेवीहरूले आफूले सकिने, आफूसँग उपलब्ध सामग्री र नगद सहयोग गर्न सक्ने अभियन्ता प्रेम खड्काले बताए ।
हेल्प डेस्कलाई सर्किजल मास्क र सेनेटाइजर उपलब्ध गराउँदै साइन नेपालका अध्यक्ष भक्तराज जोशीले सङ्कटका बेला मानवीय सेवाका लागि सुरुवात गरिएको अभियान सह्रानीय कार्य भएको बताए । उनले अभियानमा आफ्नो पनि सहभागिता रहने र आफूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।