पोखरा । नवलपरासीको गैंडाकोटमा खुर्पा प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ९ ब्रिटिस क्याम्पमा यो घटना भएको हो ।
घरायसी विवादका कारण ६३ वर्षका हर्कबहादुर राईले आफ्नै श्रीमती र छोरीमाथि खुर्पा प्रहार गरेका थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार घटनामा ४६ वर्षकी राईकी श्रीमती धनकुमारी र १४ वर्षकी छोरी अनुष्का गम्भीर घाइते भएका छन् ।
उनीहरूको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । एसपी सिलवालका अनुसार घटना घटाउने राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।