कावासोती । पूर्वी नवलपरासीको देव चुलीमा कोरोना संक्रमितको ट्याक्टरमा ज्यान गएको छ ।
देव चुली-१३ का ६८ वर्षीय संक्रमितलाई उपचारका लागी अस्पताल लैजान एम्बुलेन्स नपाए पछि उनलाई ट्याक्टरमा अस्पताल लगिएको थियो ।
गत वैशाख १५ मा कोरोना संक्रमित भएका उनी होम आइसोलेसनमा रहेका र सोमबार दिउसो श्वासप्रश्वासमा समस्या आए पछि ट्याक्टरमा राखेर अस्थायी कोभिड अस्पताल पुर्याइएको र कोभिड अस्पताल हाता भित्र उनको ज्यान गएको देव चुलीको स्वास्थ्य शाखाले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या आए पछि अक्सिजन दिएर एम्बुलेन्समा समयमै अस्पताल पुर्याउन नपाएको र एम्बुलेन्स नपाए पछि आफूहरूले ट्र्याकटरमा अस्पताल लैजाँदै गर्दा अस्पताल परिसरमा ज्यान गएको मृतकको पारिवारिक स्रोतले जनाएको छ ।