पूर्वी नवलपरासीमा वैशाख २१ देखि जेठ ४ सम्म निषेधाज्ञा
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
273
Shares
कावासोती । पूर्वी नवलपरासीमा वैशाख २१ गते मङ्गलवार राती १२ बजे देखि लागू हुने गरी जेठ ४ गते सम्म निषेधाज्ञा लगाइने भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीमा बसेको जिल्ला स्तरीय विपत् व्यवस्थापन समितिको बैठकले जिल्लामा अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासङ्घ पूर्वी नवलपरासीका अध्यक्ष वीरेन्द्र पराजुलीले जानकारी दिएका छन् ।