अन्तिम खेललाई स्मरणीय बनाउँदै भित्रायो म्यानचेस्टर सिटीले उपाधि, यस्तो छ समग्र नतिजा
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
320
Shares
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको जारी सिजन सकिएको छ । आइतबार राति एकै समयमा अन्तिम चरणका १० खेल भएसँगै सिजन सकिएको हो ।
तीन खेलअघि नै च्याम्पियन बनेको म्यानचेस्टर सिटीले सिजनको आफ्नो अन्तिम खेलमा शानदार र स्मरणीय जित निकाल्दै ट्रफी भित्र्याएको हो । सिटीले एभर्टनलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोल गरे ।
सिटीले उपाधि जित्ने क्रममा यस सिजन ३८ खेलमा ८६ अंक जोड्यो ।