ग्रिनउडले जिताएपछि म्यानचेस्टर युनाइटेड दोस्रो स्थान मजबुद पार्दै
प्रकाशित २०७७ चैत २३ सोमबार
208
Shares
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानलाई मबजुद बनाउँदै लगेको छ । पहिलो स्थानको म्यानचेस्टर सिटीभन्दा निकै टाढा रहे पनि युनाइटेडले दोस्रो स्थान मजबुद बनाउँदै लगेको हो ।
आइतबार राति भएको खेलमा युनाइटेडले पुनरागमन खेलमा ब्राइटन एन्ड हभ आल्बियनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिलाई उल्टाएर युनाइटेडले जित निकालेको हो । खेलको १३ औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।
बराबरी गर्न युनाइटेडलाई धेरै समय लाग्यो । खेलको ६२ औं मिनेटमा मार्कुस रास्फोर्डले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।
८३ औं मिनेटमा मासन ग्रिनउडले गोल गर्दै युनाईटेडलाई २–१ ले जिताए ।