काठमाडौं । उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा पुनः एकसाता थप गर्ने तयारी गरिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको केहीबेरमा बस्ने भर्चुअल बैठकपछि निषेधाज्ञा थपबारे निणर्य हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
‘जारी निषेधाज्ञालाई एक साता थप गर्ने विषयमा छलफल भइरहेको छ, मंगलबार निणर्य हुन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले हाम्राकुरासँग भने ।
कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि काठमाडौंसहित भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनै जिल्लामा १६ बैशाख देखि निषेधाज्ञा निरन्तर छ । यसअघि ३० बैशाखमा निषेधाज्ञा थप गर्दै दुई साता बढाइएको थियो भने त्यसअघि २२ बैशाखमा एक साता थप गरिएको थियो ।
पछिल्लो पटक थप भएको निषेधाज्ञा १३ जेठससम्म तोकिएको छ । पछिल्लो पटक सरकारले कोभिड(१९ अध्यादेशल्याएपछि प्रसासनले निषेधाज्ञाको कार्यान्वयनमा कडाइसमेत गरेको छ ।