सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ७२ घण्टा सिल गरिने भएको छ । नगरपालिकाका मेयर कर्मचारी, वडाध्यक्ष, वडा सदस्य, नगर क्षेत्रभित्रका विभिन्न बैङ्कका कर्मचारी तथा व्यापारीहरूमा संक्रमित देखिए पछि नगर पालिका सिल गर्न लागिएको हो ।
गत जेठ ६ गते ईश्वरपुर नगरपालिका ७ बर्थिङ सेन्टरमा १ सय २३ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला जनकपुर पठाइएकोमा ईश्वरपुर नगरपालिकाका मेयर सहित ५८ जनामा कोरोना पुष्टि भएको छ ।
नगर प्रमुख मनोज देवकोटा सहित नगरपालिकाका कर्मचारी, वडाध्यक्ष, वडा सदस्य, नगर क्षेत्रभित्रका विभिन्न बैङ्कका कर्मचारी तथा व्यापारीहरूमा संक्रमित देखिएको मेयर देवकोटाले बताए ।
साथै नगरपालिकाले थप संक्रमण फैलिन नदिन ईश्वरपुर नगरपालिकालाई जेठ ११, देखि १३ गतेसम्म ७२ घण्टा सिल गर्ने निर्णय गरिएको मेयर देवकोटाले बताए ।