काठमाडौं । आगामी बर्षको बजेटमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ छुट्याएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले रोजगारी सिर्जना गरी २ लाखलाई रोजगारी दिइने बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्दै दुई लाख जनालाई एक सय दिनको न्यूनतम रोजगारी दिनका लागि १२ अर्ब रुपैयाँ पुर्याइएको हो ।