काठमाडौँ। सरकारले नेपाली सेनाले सञ्चालन गर्दै आएको बङ्कर देखी ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै नेपाली सेनाको सुदृढीकरणका लागि लागू गरिएको बङ्कर देखी ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन्।
अर्थमन्त्री पौडेलले नेपाली सेनाको प्रतिरक्षा विश्वविद्यालयको अभिवृद्धिका लागि पनि आवश्यक बजेट छुट्टाइएको बताए। यसै गरी राष्ट्रिय सुरक्षा दललाईसमेत प्रभावकारी बनाइने अर्थमन्त्री पौडेलले बताएका छन्।