बझाङ । बझाङमा गत वैशाख १८ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । आइतबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले एक साताका लागि निषेधाज्ञा थपेको हो ।
यही जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा एक साता थपिएको हो । अब जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए ।