उपत्यकाको निषेधाज्ञा खुकुलो, के-के गर्न पाइन्छ ? (आदेशसहित)
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ १९ बुधबार
462
Shares
फाइल तस्बिर
काठमाडौँ। काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधवार बसेको बैठकले काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय गरेको छ।
जेठ २१ गतेदेखि ३१ गतेसम्म लागू हुने निषेधाज्ञामा तरकारी, फलफूल, खाद्यान्न, खानेपानी, ग्यास, किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी मर्मतका वर्कसप सञ्चालन हुने भएका छन् ।
त्यस्तै मर्निङवाक र इभिनिङ वाक गर्न पनि खुला गरिएको छ भने, वैदेशिक अध्ययनमा जाने विद्यार्थीको भिसा प्रक्रियामा सहजीकरण हुने भएको छ ।
अत्यावश्यक उद्योग तथा निर्माण कार्यका लागि कार्यस्थलमै श्रमिक राखेर सञ्चालन गर्न पाउने भएका छन्।
स्वास्थ्य सामग्री, कृषि मल, तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र इन्धन, खाना पकाउने ग्यासलगायतका सवारी राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् ।
त्यस्तै सञ्चारकर्मीले सूचना विभागको प्रेस पास या जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासका आधारमा यात्रा गर्न पाउने छ ।