मेस्सीको गोलले पनि जितेन अर्जेन्टिना, यस्तो छ विश्वकप छनोटको विश्वभरको परिणाम
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
483
Shares
काठमाडौं । सन् २०२२ को कतार विश्वकप छनोट फुटबल धमाधम भइरहेको छ । उक्त क्रममा भएको खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
कप्तान लियोनल मेस्सीले गोल गरे पनि टिमले जित्न सकेन । खेलमा शुरुआती अग्रता भने अर्जेन्टिनाले बनाएको थियो । २३ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ३६ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै चिलीलाई बराबरीमा ल्याए । त्यसपछि गोल हुन नसक्दा मेस्सीको टिमले महत्वपूर्ण जित निकाल्न सकेन ।