बाजुरा । यति बेला बाजुराका स्थानीय बासिन्दाहरू निषेधाज्ञाको प्रवाह नगरी ज्यान जोगाउन खाद्यान्न जोहो गर्न बाध्य भएका छन् । एकतिर कोरोना सङ्क्रमणको महामारीले जिल्लाभर निषेधाज्ञा जारी छ भने अर्कोतिर हिउँदभरको सुख्खा खडेरीले हिउँदे वाली उत्पादनमा निक्कै ह्रास आएपछि किसानलाई खेपी नसक्नु पिर परेको छ । “ खेतबारीमा बाली छैन , ज्याला मजदुरी गर्ने ठाउँ छैन । किसान तथा ज्याला मजदुरी गरी खानेबर्गमा कोरोना महामारी भन्दा पनि भोकले मर्ने अवस्था आएको स्थानीय सुना विकले भनिन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराले गत वैशाख २२ गते देखि पटक पटक निषेधाज्ञा थप गरी जेठ ३१ सम्म जिल्लामा निरन्तर निषेधाज्ञा जारी गर्दै आएको छ । यद्येपी प्रहरी प्रशासनको पहुँच भएको ठाउँमा निषेधाज्ञा पालना गर्न बजार क्षेत्रका होटेल पसल बन्द देखिन्छन् । तथापि जिल्ला प्रशासन कार्यालय बाजुराले जारी गरेको निषेधाज्ञा उलङ्घन गर्न भोका पेटहरू भने बाध्य भएका हुन् ।
घरमा अनाज छैन, खेतमा बाली छैन र मजदुरी गर्ने ठाउँ छैन । निषेधाज्ञा मान्दामान्दै भोकले ज्यान जाला जस्तो छ । दिनमा बिहान दुई घण्टा खुल्छ लाइन नकुरी चामल पाइँदैन । कोरोनाका डरले कति लुक्नु ? स्थानीयले भने । नेपाल सरकारले कोरोना महामारीलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल बिक्रीमा २० प्रतिशत छुट गरेको छ । खाद्य व्यवस्था तथा बेपार कम्पनी बाजुरा शाखाले बिक्री मूल्यमा २० प्रतिशत छुटमा चामल बिक्री गर्न थालेको छ । हिजोआज सहुलियत दरको चामल किन्नेको एक दशक यताकै घुँईचो देखिन थालेको हो ।
सरकारले देशभर कोरोना महामारीले निषेधाज्ञा गर्नु परेपछि जेठ २३ गते बाट चामल बिक्री मूल्यमा २० प्रतिशत छुट गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार शाखा बाजुराले २३ गतेबाट २० प्रतिशत छुटमा चामल बिक्री सुरु गरेको बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताए । मोटो चामल प्रतिकेजी ४६ रुपैयाँमा बिक्री गर्ने कम्पनी लिई ले ले अहिले प्रति केजी ३६ रुपैयाँमा बाजुरामा बिक्री भइरहेको शाखा प्रमुख ओझाले बताए । नागरिकताको आधारमा प्रति नागरिकलाई ३० केजीको १ कट्टा चामल बिक्री गर्ने गरेको छ । यो सुविधा एक हप्तालाई मात्र हो उनले भने ।
खाद्य संस्थानमा २० प्रतिशत छुटमा चामल किन्न पाउँदा निकै राहत भएको बडिमालिका ७ का सौर्य विकले बताए । खाद्य संस्थान बाजुरा शाखामा अहिले २४४५ ।४० क्विन्टल चामल मौजात रहेको छ ।भने कोल्टी डिपोमा ९५६।७५ क्विन्टल चामल मौज्दात रहेको डिपो प्रमुख नवीन आचार्यले बताए । सदरमुकाम मार्तडीमा सडक यातायातको पहुँच पुगेपछि खाद्य कम्पनी लिमा चामल किन्न खासै आउँदैन थिए । सरकारले छुट दिएपछि हिजो आज दैनिक एक सय क्विन्टल भन्दा बढी चामल बिक्री भइरहेको शाखा प्रमुख ओझाले बताए । लकडाउनमा सामाजिक दुरी भिडभाड नगरेर चामल बिक्री गर्ने भए पनि मार्तडी शाखाले चामलमा छुट दिएपछि चामल किन्नेको निकै भिड लागेको हो । चामलसँगै करोना सर् नसक्ने डर छ स्थानीय पालिका तथा प्रहरी प्रशासनले सुरक्षा प्रत्याभूति दिलाउनुपर्ने शाखा प्रमुख ओझाले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मार्तडी बाट चामल किनेमा २० प्रतिशत छुटिएको छ ।जिल्लाका कोल्टी, कवाडी लगायतका डिपोबाट चामल खरिद गर्नेलाई भने सरकारले छुट दिएको छैन । यसरी एउटै जिल्लामा सरकारले असमान बिक्री प्राली अपनाएपछि सरकारी छुट सुविधाबाट वञ्चित हुनुपरेको कोल्टीका बलराम विकले बताए । शाखालाई परिपत्र आएको होला यता डिपोमा केही परिपत्र छैन जनशक्ति पनि छैन म एक्लै ले डिपो चलाइरहेको छु डिपो प्रमुख आचार्यले बताए । कोरोना महामारीबाट बच्न डिपोमा भिड नियन्त्रण गर्न नसकिने भएकोले छुट सुविधा शाखालाई मात्र आएको बताए । यो बाजुरामा मात्र हैन देशभरिका डिपोलाई छुट सुविधा दिएको छैन शाखा प्रमुख ओझाले भने ।