arrow

काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
Melamchiko-pani.jpg_1617950149.jpeg

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी एक महिना नआउने भएपछि घरघरमा खानेपानी वितरण गरिने तालिका हेरफेर भएको छ ।

आगामी असार १ गतेदेखि झण्डै एक महिना मेलम्चीको पानी बितरण रोकिने भएको हो । सुरुङको परीक्षण गर्नुपर्ने भएकाले पानी पठाउन बन्द गर्न लागिएको हो । परीक्षणको रुपमा मेलम्चीको सुरुङबाट गत चैत १५ गतेबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आइरहेको थियो।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सुरुङको परीक्षण गर्नुपर्ने भएकाले असार १ गते मेलम्चीको पानी पठाउन बन्द गर्न लागिएको जानकारी दिए ।

मेलम्चीको पानी बन्द हुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सार्वजनिक सूचना जारी गर्दै खानेपानी वितरणको तालिका हेरफेर गरेको हो । केयूकेएलले दुईदेखि १२ दिन बिराएर मात्र पानी वितरण गर्नेगरी तालिका निकालेको छ । 



लोकप्रिय समाचार
नयाँ