arrow

काठमाडौंको प्यास मेटाउने मेलम्चीको पीडामा टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
sweeta.jpg

काठमाडौं । अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि सहयोग जुटाउन अभियान सुरु गरेकी छन् ।

उनले सहयोगका लागि अपिल गरेपछि केही महिनादेखि कोरोनाका विरामीलाई निःशुल्क अक्सिजन र भोकाहरुलाई खाना बाँडिरहेको संस्था हाम्रो टिम नेपालले श्वेताको अभियानमा सहकार्य गर्दै ५० थान सिरक, डस्ना लगायतका राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको छ ।

त्यस्तै, मेलम्ची बासिन्दाको पीडामा मलहम लगाउन हिमालय एयरलाइन्सका विजय श्रेष्ठले १० हजार र रमेश कुमार सापकोटाले २५ हजार सहयोग गरेको श्वेताले फेसबुकमार्फत् जानकारी दिएकी छन् ।

उनका अनुसार, यो रकमले खाद्य सामाग्री खरिद गरिनेछ । शुक्रवार राहत लिएर मेलम्ची प्रस्थान गर्ने तयारीमा रहेकी उनले सहयोग गर्न चाहनेले सम्पर्क गर्न आग्रह गरेकी छन् ।

श्वेताले सामाजिक संजालमा लेखेकी छन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफू भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुःख र पीडालाई टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवश्यकता हो । यही आवश्यकतालाई महशुस गरी तत्काल राहत र उद्धारको व्यवस्थापनमा आफ्नो पाइला अघि सारेकी छु ।’



लोकप्रिय समाचार
नयाँ