काठमाडौं। सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले स्थानीय त्रसित बनेका छन् । मङ्गलवार साँझ आएको बाढीबाट जनधनको समेत क्षति भएको आशङ्का गरिएको छ तर के कति क्षति भयो भन्ने विवरण प्राप्त भएको छैन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले के कति क्षति भयो भन्ने विवरण प्राप्त हुन नसकेको जानकारी दिए ।
‘सबैलाई सुरक्षित रहन भनिएको छ, यति नै क्षति भयो भन्ने विवरण आएको छैन, भोलि बिहानसम्म आउला,’ डीएसपी सापकोटाले हाम्राकुरासँग भने ।
उनका अनुसार हेलम्बु प्रहरी चौकी बगाउने खतरा भएपछि प्रहरीहरू अन्यत्र सरेका छन् भने जोखिममा रहेका स्थानीयहरुलाई समेत सचेत रहन आग्रह गर्दै अन्यत्र सारिएको छ ।
बाढीका कारण मेलम्ची नगरपालिकाका केही स्थानमा बाढी पस्दा माछा फर्म पनि बगाएको छ भने मेलम्ची खानेपानी आयोजनामा समेत क्षति भएको अनुमान छ ।