काठमाडौं । काठमाडौंको न्यूरोडमा व्यवसाय गर्दै आएका युवा व्यवसायीहरुले कोरोना महामारीका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
युवा व्यवसायी रबी अग्रवाल, सागर गौतम र मनिष अग्रवालले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी र सचिव महेश्वर गौतममार्फत पत्रकारहरुका लागि १० बोरा चामल प्रदान गरेका हुन् ।
युवा व्यवसायी रबी अग्रवालले कोरोना महासंकटमा जनतालाई सुसुचित गराउने काममा अग्रमोर्चामा खटिएका संचारकर्मीहरु पनि अप्ठ्यारोमा परेकाले आफूहरुले सहयोग गरेको बताए । अर्का व्यवसायी सागर गौतमले समस्यामा परेका बेला सानो सहयोगले पनि ठूलो राहत पुग्ने बताए ।
पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सुवेदीले आफ्नो निजी व्यवसायबाट जोगाएको रकमले अरुको दुःखमा सहयोग गर्नु पूण्य प्राप्तिको काम भएको बताए ।
महासंघ काठमाडौं शाखाले पत्रकारहरुका लागि खाद्यान्न, सुरक्षा सामग्री तथा आर्थिक सहयोग गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।