arrow

वीपी स्टडी युथ सर्कलद्वारा नौं हजार बढी व्यक्तिलाई निःशुल्क खाना वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
bp-youth.jpg

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा बिगत १८ दिनदेखि निःशुल्क बिहान र साँझ खाना बितरण अभियान संचालन गरिरहेको वीपी स्टडी युथ सर्कलले सोमबार उक्त अभियानको समापन गरेको छ ।

यो अभियानको अगुवाइ कांग्रेसका युवा नेता भुपेन्द्रजङ शाहीले गरेका थिए भने अभियानमा ऋषि कोइराला, सुमन गिरि, सुबास कट्टेललगायत युवा नेताहरुको सक्रियता रहेको थियो । अभियान अन्तर्गत सोमबार बिहान र साँझ गरी नौं हजार भन्दा बढी ब्यक्तिहरुलाई निःशुल्क रुपमा खाना बितरण गरिएको छ ।

सोमबार बिहान गरिएको खाना बितरण कार्यक्रममा गायक युवराज चौलागाईको हातबाट खाना बितरण गरिएको थियो । खाना बितरण पछि बोल्दै गायक चौलागाईले भने, ‘यस्तो संकटको बेला सहयोग गर्नु धर्म हो ।’ यस्तो विषम परिस्थितीलाई मध्यनजर गरी सञ्चालन गरीएको सो अभियान महत्वपुर्ण रहेको  चौलागाईको भनाई थियो ।

यस्तै साँझ समापनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, वीपी युथ सर्कलका सल्लाहाकार भुपेन्द्रजङ शाही, वीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइराला लगायतको उपस्थिति रहेको थियो । अभियानमा सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई खादा सहितको सम्मानपत्र प्रदान गरिएको थियो ।

नेता घिमिरेले अभियानलाई सम्बोधन गर्दै युवाहरुले थालेको कामले मजदुर बर्गलाई सहयोग पुगेको र आम जनतालाई अप्ठ्यारो परेको बेला युवा नै सधै अग्रपंक्तिमा आउनुपर्ने बताए ।

यस्तै युथ सर्कलका सल्लाहाकार समेत रहेका शाहीले अभियानमा सहकार्य गर्न सबैको योग्दान स्मरण गर्दै  युवाहरुको समुहले बाढी प्रभावित मेलम्ची क्षेत्रमा पनि राहत तथा खाद्यन्न बितरण गर्न जानकारी दिएका छन ।

कार्यक्रममा अभियानका अभियान्तहरुले कोही भोको बस्न नपरोस भन्ने उद्देश्यका साथ यो अभियान शुरु गरेको र सोमबार यसको समापन पनि गरिएको वीपी युथ सर्कलका वागमती प्रदेशका अध्यक्ष सुमन गिरी र सुवास कट्टेलले बताए । 
 



लोकप्रिय समाचार
नयाँ